०१ साउन २०८३, शुक्रबार

नक्कली र प्यारोडी अकाउन्टमाथि निगरानी

माघ ८, २०७५
नक्कली र प्यारोडी अकाउन्टमाथि निगरानी

काठमाडौँ — सामाजिक सञ्जालमार्फत् जनताका गुनासा र समस्या सुन्दै आइरहेको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारले आफ्नै आधिकारिक ट्वीटर हयान्डलबाट सोमबार एउटा ट्वीट गर्‍यो ।

नक्कली र प्यारोडी अकाउन्ट खोलेर सामाजिक सञ्जालमा सक्रिय रहेकाप्रति लक्षित ट्वीटमा लेखिएको थियो, ‘सामाजिक सञ्जालमा फेक खाता खोली सामाजिक सौहार्द खलल पार्न खोज्नेलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार ।’

हेल्लो सरकारले उक्त ट्वीटसँगै सञ्चार मन्त्रालयले गृह मन्त्रालयका नाममा काटेको पत्रको प्रतिलिपि पनि राखिएको थियो । 

पुस १८ मा गरिएको पत्राचारमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमा प्यारोडी अकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे स्थिति भयावह हुने भएकाले सामाजिक सौहार्द खलल पार्नेको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्यारोडी अकाउन्टबारे चासो देखाउँदै पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्