२२ जेठ २०८३, शुक्रबार

जाजरकोट बस दुर्घटनाः उद्धारका लागि हेलिकोप्टर परिचालन

कात्तिक २०, २०७४
जाजरकोट बस दुर्घटनाः उद्धारका लागि हेलिकोप्टर परिचालन

काठमाडौँ, २६ फागुन - सरकारले जाजरकोटको भेरीमालिका नगरपालिकामा आज भएको बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धारका लागि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टर परिचालन गरेको छ ।Mishap

दुर्घटनाको खबर पाउनेबित्तिकै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले घाइतेको तत्काल उद्धारका लागि नाइटभिजन हेलिकोप्टर पठाउन दिनुभएको निर्देशनबमोजिम नै उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो

खलङ्गाबाट साल्मा–५ खारातर्फ जाँदै गरेको ना ३ ख २२८९ नं को यात्रु बस सडकदेखि १५० मि तल खस्दा २३ जनाको मृत्यु भएको र २७ जना घाइते भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त त्रासदीपूर्ण दुर्घटनाबाट ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धान्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्