०४ साउन २०८३, सोमबार

सर्वाधिक धनराशीको डीपीएलको तयारी तीव्र

माघ ९, २०७५
सर्वाधिक धनराशीको डीपीएलको तयारी तीव्र

धनगढी – धनगढीमा हुने सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपस्एल) को तयारी तीव्र पारिएको छ ।

झण्डै ५ करोडको लगानीमा माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने सो तेस्रो संस्करणको प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । अक्सन सकिएको बताउँदै उनले खेल मैदानमा ५ वटा पीच पनि बनिसकेकाले बाँकी रहेका काम पनि अन्तिम चरणमा रहेको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मापदण्ड अनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान निर्माण गर्ने काम भइरहेको छ ।

‘१९५ फिट लम्बाई बाउन्ड्री लाइन रहने गरी मैदान बन्दैछ । यहाँ ५ वटा पिच भएका छन्,’ एकेडेमीका व्यवस्थापक भरत जोशीले बताए ।

विगतमा २ वटा पीचमा प्रतियोगिता आयोजना गरिएपनि पहिलो पटक ५ पीच तयार गरिएको छ । पीच ७८ फिट लम्बाइ र १० फिट चौडाइ रहेको छ ।

५ हजार भन्दा बढी दर्शक अटाउने गरी अस्थाइ प्याराफित समेत निर्माण गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । ‘प्रतियोगिता शुरू हुन भन्दा २ दिन पहिले अस्थायी प्यारिफट निर्माण सम्पन्न हुन्छ,’ अध्यक्ष शाहीले भने ।

विगतका २ संस्करण धनगढीको संघीय प्रहरी कार्यालयको खेल मैदान आयोजना गरिएको थियो । पहिलो पटक फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगिता आउन २ साता बाँकी रहेपनि पनि पुरस्कार राशी भने घोषणा गरिएको छैन । गत वर्ष विजेताले २५ लाख, उपविजेताले १० लाख रकम हात पारेका थिए । तेस्रो र चौथो हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।

चालू वर्षको पुरस्कारको राशी भने १ साताअघि सार्वजनिक गरिने अध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगितामा धनगढी स्टास, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्