२४ असार २०८३, बुधबार

नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुनमा

नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुनमा

काठमाडौं– सात वटै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्येश्यले आगामी फागुनमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा उद्यमशिलता सम्मेलन हुने भएको हो । 

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्री सहित ४ सय बढी प्रतिनिधिको सहभागिता रहने बुधवार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी २ फागुनमा उक्त सम्मेलन हुने जानकारी दिए । 

सरकारको ध्यान पनि समृद्ध राष्ट्र निर्माणको अभियानमा रहेको भन्दै शर्माले उद्योगीहरु पनि उद्योग व्यवसायको विकासको पक्षमा रहेको बताए । ‘हामी पनि नेपालमा उद्योग व्यवसायको विकास होस् भन्ने चाहन्छौं’ शर्माले भने, ‘सरकार पनि समृद्ध राष्ट्र निर्माण बनाउने अभियानमा रहेकाले सम्मेलन फलादायी हुने छ, ।’

सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको समेत शर्माले बताए । औद्योगिक विषयमा प्रदेशमा के कस्ता  सम्भावना छन् भन्ने कुरा पहिचान गर्न सजिलो हुने शर्माको भनाई थियो ।

त्यस्तै उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले सातै प्रदेशमा रहेका सम्भावनाको पहिचान नभएसम्म प्रदेशमा उद्यमशीलता विकास नहुने भन्दै आगामी फागुनमा हुने सम्मेलन फलदायी हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्