२० असार २०८३, शनिबार

‘शुभ लभ’मा कृष्टिनलाई फकाउँदै युवा ज्योतिष हरिहर [भिडियोसहित]

‘शुभ लभ’मा कृष्टिनलाई फकाउँदै युवा ज्योतिष हरिहर [भिडियोसहित]

काठमाडौं- युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’ को टाइटल गीत सार्वजनिक गरिएको छ ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतमा निशान भट्टराई र मिना सिंहको स्वर रहेको छ । पोखरामा खिचिएको गीतको भिडियोमा हरिहर र नव नायिका कृष्टिन पौडेललाई देखाईएको छ । हरिहर कृष्टिनलाई फकाउँदै गरेका छन् । निकै झकिझकाउ देखाइएको भिडियोमा यी दुईको केमेष्ट्री निकै सुहाएको देखिन्छ ।

संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । 

चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् भने चलचित्रलाई धर्मराज शर्मा सुवेदीले निर्माण गरेका हुन् । 

चलचित्रको कथा हरिहर आफैंले लेखेको हुन् भने चलचित्रमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । 

हरिहर रियल लाइफमा झैं चलचित्रमा पनि ज्योतिषकै भूमिकामा प्रस्तुत छन् । चलचित्रमा हरिहर, कृष्टिनाका साथमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ । 

रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्