१८ असार २०८३, बिहीबार

काठमाडौंमा एक महिनामा  दुई सय १२ जनालाई  स्वाइन फ्लु, एकको मृत्यु

माघ १०, २०७५
काठमाडौंमा एक महिनामा  दुई सय १२ जनालाई  स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौं–राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् ।

ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । 
अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्