
बुटवल – बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग प्रदान गर्ने क्याम्पसले क्यूएए प्रमाणपत्र दिएको हो । २०४८ सालमा स्थापित सिद्धार्थ सामुदायिक क्याम्पस हो ।
विश्वविद्यालय अनुदान आयोगले हालसम्म ३० वटा क्याम्पसलाई यो प्रमाणपत्र उपलब्ध गराएको छ । रूपन्देहीमा क्यूएए प्राप्त गर्ने ३ वटा क्याम्पस पुगेका छन् ।
लुम्बिनी वाणिज्य क्याम्पस, रूपन्देही क्याम्पस र सिद्धार्थ क्याम्पस भएका हुन् । क्याम्पस प्रमुख बाबुराम पाण्डेले स्थापनाको छोटो अवधिमा नै क्यूएए प्राप्त गर्नु ठूलो उपलब्धी भएको बताए । क्यूएए प्राप्त गरेसँगै विद्यालयले अनुदान रकम पनि प्राप्त गर्नेछ ।
क्याम्पसमा स्नातक र स्नातकोत्तरका विभिन्न विषयको पठनपाठन हुँदै आइरहेको छ । क्याम्पसमा ३ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले यस क्षेत्रका विभिन्न ११ वटा संघसंस्थासँग सहकार्य पनि गरेको छ ।
क्याम्पसका अध्यक्ष हिराप्रसाद श्रेष्ठले आफूहरूले क्याम्पसको ५ वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको बताए । क्यूएए प्राप्त भएको खुशीयालीमा क्याम्पसले बिहीवार बुटवलमा प्रभातफेरि पनि आयोजना गरेको थियो ।
शुक्रवार क्याम्पसले विभिन्न कार्यक्रम गरी खुशीयाली साट्ने जनाएको छ ।