०८ साउन २०८३, शुक्रबार

बुटवलमा बैंकिङ एक्स्पो हुँदै

माघ १०, २०७५
बुटवलमा बैंकिङ एक्स्पो हुँदै

बुटवल – वित्तीय जागरणमार्फत् उद्यमशीलतको विकास गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो आयोजना गरिएको छ । 

मिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन तथा बीमा समिति र धितो बोर्डको सहयोगमा शुक्रबारदेखि दुई दिने बैंकिङ एक्स्पो हुन लागेको हो । 

कालिकानगरस्थित कालिका–मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघु वित्त वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोबार गर्ने संस्थाहरुका ४० बढी स्टल रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले जानकारी गराए । 

एक्स्पोको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । एक्स्पोमा बैंकहरूले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवालगायतका विषयमा अवलोकनकर्तालाई प्रत्यक्ष जानकारी गराउने छन् ।

मेला अवधिमै बैंकिङ, पूँजी बजार र बीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तत्र्रिmया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन गरिने अध्यक्ष निर्दोषले जानकारी दिए । डेभलपमेन्ट बैंकर्स एशोसिएनसका उपाध्यक्ष प्रकाश पौडेलले एक्स्पोले बैंकिङ पहुँचलाई वृद्धि गर्ने बताए । 

एक्स्पोको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । पौडेलले कूल जनसंख्याको आधाभन्दा बढी जनता बैंकिङ पहुँचबाहिर रहेकाले वित्तीय साक्षरता बढाउन आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्