०६ साउन २०८३, बुधबार

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने सरकारी निर्णय

news
गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने सरकारी निर्णय

काठमाडौं– विगत लामो समयदेखि ठप्प रहेको गोरखकाली रबर उद्योगका कर्मारीलाई अनिवार्य अवकास दिइने भएको छ ।

गत माघ ३ गते बसेको मन्त्रीपरिषदको बैठकले गोरखकाली उद्योगका कर्मीचारीलाई अनिवार्य अवकास दिने निर्णय गरेसँगै सो उद्योगका कर्मचारीले अनिवार्य अवकास पाउने भएका हुन् ।

गोरखाको मझुवा देउरालीमा रहेको रबर उद्योग विगत चार वर्ष देखि बन्द अवस्थामा रहेको छ ।

गाडीका टायर उत्पादन गर्दै आएको उक्त उद्योगले विदेशबाट आयातित टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा धरासयी बनेको हो ।

विदेशबाट आयात हुने टायर भन्दा गोरखकाली रबर उद्योगले उत्पादन गरेको टायरको लागत महंगो भएपछि गोरखकाली उद्योग धरासयी भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्