२३ जेठ २०८३, शनिबार

१२ हजार घुससहित प्रधानाध्यापक अख्तियारको फन्दामा

१२ हजार घुससहित प्रधानाध्यापक अख्तियारको फन्दामा

काठमाडौं–पर्साको छिपहरमाई गाउँपालिका वडा नं ४, तुल्सीवरवा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी घुससहित पक्राउ परेका छन् । 

 नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा विरगंजबाट कृषि ऋण मिलाइदिने बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले उनलाई १२ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

उनलाई घुस लिइसकेको अवस्थामा सोही विद्यालय परिसरबाट आज नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्