३१ जेठ २०८३, आइतबार

चर्पी नहुने गरिब चौकीमा, गाउँ घुमाउँदै बेइज्जत गरियो

माघ ११, २०७५
चर्पी नहुने गरिब चौकीमा, गाउँ घुमाउँदै बेइज्जत गरियो

काठमाडौं–सर्लाहीको हरिपुर नगरपालिका– ८ स्थित मुसहर बस्तीका मिथुन माझीको सानो झुपडीमा १७ जनाको परिवार छ । उनको चर्पी छैन । 

एक दिन बिहान झिसमिसेमै खुल्ला ठाउँमा शौच गर्न जाँदा उनलाई प्रहरीले पक्राउ गर्यो । उनीसँगै अरु कृष्ण महरा, शंकर महरा र धनीराम महरालाई पनि प्रहरीले पक्राउ गर्यो । 

माझीले भने– उज्याले भएपछि हामी चारैजनालाई गाउँ घुमाइयो । सार्वजनिक ठाउँमा शौच गर्ने यिनीहरु हुन्, चिनिराखौं भनेर बेइज्जत गरे ।’

आफूहरुलाई अब खुल्ला ठाउँमा शौच नगर्ने सर्तमा छाडिएको भएपनि शौचालय बनाउन सक्ने अवस्था नरहेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्