०६ असार २०८३, शनिबार

सचिवबाट कर्मचारी समायोजन प्रारम्भ

माघ ११, २०७५
सचिवबाट कर्मचारी समायोजन प्रारम्भ

काठमाडौं  ।  सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५५ जना सचिवलाई समायोजन गरेको छ । सबै सचिवलाई केन्द्रमा नै रहने गरी यथास्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीबाट सबै सचिवले समायोजनको पत्र बुझिसकेका छन् । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले सबै सचिवलाई केन्द्रमा समायोजन गर्ने निर्णय गरेको थियो । सरकारले हाल रहेका ८९ हजार निजामती कर्मचारीको समायोजन प्रक्रिया थालेको हो । यसअघि स्थानीय तहमा कार्यरत १० हजार कर्मचारी यथास्थानमा समायोजन भइसकेका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्