०१ असार २०८३, सोमबार

सप्तरी गोलीकाण्डपछि आजदेखि फेरि एमालेको अभियान

कात्तिक २०, २०७४
सप्तरी गोलीकाण्डपछि आजदेखि फेरि एमालेको अभियान
काठमाडौं, २७ फागुन– नेकपा एमालेको तीन दिनका लागि रोकिएको मेची–महाकाली अभियान आजदेखि पुनः सुरु हुँदैछ । अभियानलाई आजदेखि पुनः मकवानपुरको हेटौंडाबाट सुरु गर्न लागिएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।uml
यसअघि गत सोमबार सप्तरीमा अभियान अन्तर्गत आमसभा चलिरहेको बेला मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान गएपछि एमालेले तीन दिनको लागि अभियान स्थगन गरेको थियो ।

एमालेको अनुसार दिउँसो २ बजे हेटौंडाको भुटनदेवी विद्यालय परिसरमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
हेटौंडाबाट सुरु हुने अभियानमा पहिले जसरी नै हजारौं नेता कार्यकर्ताको सहभागिता हुने एमालेको दाबी छ ।
आज संघीय गठबन्धनले बन्दको आह्वान गरेको भएपनि हेटौंडाको कार्यक्रमका लागि मधेसका जिल्लाहरुबाट समेत नेता कार्यकर्ता सहभागि हुने एमालेले जनाएको छ ।
यद्यपी एमाले सप्तरीकाण्डपछि मधेसका जिल्लामा नजाने बताइएको छ । अब पहाडी भेग र मधेसी मोर्चाको अवरोध नहुने जिल्लामा मात्रै अभियान चलाउने तयारीमा जुटेको एमाले शनिबार हेटौंडाबाट चितवन पुग्ने बताइएको छ ।
यसअघि गत शनिबारदेखि एमालेले काकडभिट्टाबाट आफ्नो १५ दिने अभियानको सुभारम्भ गरेको थियो भने दोस्रो दिन सप्तरीमा पुग्दा चार जनाको ज्यान जाने गरी गोली काण्ड हुन पुगेको थियो ।
सो गोलीकाण्डपछि राजनीति नै तरंगित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्