२३ असार २०८३, मंगलबार

विधेयक पारित भएपछि गगनले भने- कांग्रेसलाई जिस्क्याउनेहरू सकिएका छन्, इतिहास दोहोरिन्छ

विधेयक पारित भएपछि गगनले भने- कांग्रेसलाई जिस्क्याउनेहरू सकिएका छन्, इतिहास दोहोरिन्छ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले सरका केही व्यापारीको प्रभावमा परेर सत्याग्रही (डा. गोविन्द केसी) को जीवन जोखिममा पार्न उद्धत भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि बैठकस्थलबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै थापाले यस्तो आरोप लगाएका हुन् ।

साथै उनले कसकालाई प्रतिपक्षसँग मुठभेड गर्न तयार भएको भन्दै सरकारलाई प्रश्न समेत गरे ।

'सरकारले भनेको छ डा. गोविन्द केसीको ९५ प्रतिशत माग पूरा भयो । त्यसो भए बाँकी ५ प्रतिशत कसका लागि पूरा गरिएन ? को हो त्यो जसका लागि सरकार प्रतिपक्षसँग मुठभेड गर्न तयार भयो ?' गगनले प्रश्न गरे ।

उनले केही व्यापारीका निजी मेडिकल कलेज खोल्न विधेयकमा तोडमोड गरेर सरकारले विजयोत्सव मनाएको भन्दै कटाक्ष गरे । 

'समाजवाद उन्मुख भनिएको सरकारले केही व्यापारीको निजी मेडिकल कलेज खोल्ने स्वार्थका लागि विधेयकमा तोडमोड गर्‍यो । प्रतिपक्षसँग मुठभेड गर्न तयार भयो । कम्युनिस्ट सरकारलाई बधाई छ ।' 

उनले अघि भने- 'कांग्रेसलाई जसले जिस्क्यायो त्यो सकिएको इतिहास छ । इतिहास फेरि दोहोरिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्