
काठमाडौं — सामाजिक सञ्जालमा अहिले एक चिम्पान्जीको गतिविधि निकै भाइरल भइरहेको छ । उनको गतिविधि देखेर सबैजना निकै छक्क परेका छन् ।
चीनको शेनयाङ शहरको एक चिडियाखानामा चिम्पान्जीले एक कोठामा कुचो लगाएको र कपडा धोएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा उसले कुचो लगाएको र कोठाको कुनाकाप्चा सफा गरेको देखिन्छ । उसले कपडा पनि धोयो । भिडियोलाई सबैले मन पराइरहेका छन् ।
चिडियाखाना अधिकारीहरूले चिम्पान्जीबाट कोठा सफा गरेको देखेर छक्क परिएको बताए । उनीहरूका अनुसार, १८ वर्षीय चिम्पान्जीको आईक्यू चार वर्षे मानिसको जति छ ।
ऊ नक्कल पनि मज्जाले गरिदिन्छ । भेट्न आउने मानिसको दुरुस्तै नक्कल उसले उतारिदिन्छ ।
एजेन्सी