०८ असार २०८३, सोमबार

तमिलनाडुमा दूध चोरीको घटना बढ्यो, के हो कारण ?

तमिलनाडुमा दूध चोरीको घटना बढ्यो, के हो कारण ?

काठमाडौं — भारतको तमिलनाडुमा दूध चोरीका अनेकौं घटना सार्वजनिक भएका छन् । दूध व्यापारीहरूले प्रहरीमा गुनासो गरेका छन् । 

एक तमिल फिल्मको रिलिजअघि दूध चोरीको घटना बढेको हो । दूध व्यापारीहरूले भारी नोक्सानी भइरहेको बताए । 

केही धार्मिक अवसरहरूमा हिन्दू परम्पराअनुसार देवीदेवताका ठूला प्रतिमामा दूध चढाइन्छ । यसलाई पालाभिषेकम् भनिन्छ । 

तर केही वर्षयता दक्षिण भारतमा फिल्मका लागि पालाभिषेकमको चलन बढेको छ । 

राज्यका दूध व्यापारीहरूका अध्यक्ष एसए पोन्नुसामीले भने, ‘यो भगवानको उपासनाको एक विधि हो, फिल्म स्टारका लागि हैन । विगत २० वर्षमा यो क्रेज मानिसहरूमा तीव्रताका साथ बढेको छ । राज्यभरिका फ्यानले यसो गर्ने गरेका छन् किनकि उनीहरू फिल्म स्टारलाई भगवानको दर्जा दिन्छन् ।’

मंगलवार तमिल अभिनेता सिलाम्बरासनले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेर प्रशंसकहरूलाई फेब्रुअरी १ मा रिलिज हुने फिल्मको उत्सव मनाउनका लागि पोस्टरमा दूध बढाउन अपील गरे । 

यो भिडियो भाइरल भयो र यसपछि राज्यमा दूधको प्याकेट चोरी हुने घटना बढ्यो । 

डेरीबाट दूधको प्याकेट लिएर आएका ट्रक पसलअगाडि छोडिन्छ । तर फ्यानहरूले ट्रकबाटै दूधको प्याकेट चोरिरहेका छन् । 

पोन्नुसामी यसरी फिल्म अभिनेताहरूको पालाभिषेकमविरुद्ध सन् २०१५ देखि आवाज उठाइरहेका छन् ।

उनले भने, ‘दूध चोरीविरुद्ध फरक फरक फ्यान क्लबका सोसल मिडिया ग्रूपमा पोस्ट पनि गर्ने गरिएको छ । यसलाई रोक्नका लागि तमिल सुपरस्टार रजनीकान्त र कमल हासनसँग पनि सहायता मागिएको छ । यति गर्दा पनि दूध चोरी रोकिएको छैन ।’

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्