०२ असार २०८३, मंगलबार

बाँदर नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन

बाँदर नियन्त्रणका लागि ५ लाख बजेट विनियोजन

मेलम्ची – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरू गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो ।

किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरू गरिएको छ । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो । 

वन्यजन्तुलाई कानून विपरीत मार्नेभन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जंगलमा नै कसरी राख्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो । 

वडा नम्बर ३ धुस्कुनबाट शुरू गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेषगरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिए ।

बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसाान बाँदरको दुःखबाट मुक्त हुने विश्वास लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्