०८ साउन २०८३, शुक्रबार

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्यो, ७ को मृत्यु

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्यो, ७ को मृत्यु

धनुषा–धनुषामा जन्ती चढेको बसमा करेन्ट लागेको छ । 
 
शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै घटनामा ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझैं सक्ने आशंका गरिएको छ । बसमा ४० जनाभन्दा बढी जन्ती सवार रहेको बताइएको छ । 

बस उदयपुरवाट  दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । 

घटनाबारे थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्