०७ असार २०८३, आइतबार

जन्ती बोकेको बस हाइ भोल्टेजको तारसँग ठोकियो, ६ जनाको घटनास्थलमै मृत्यु

जन्ती बोकेको बस हाइ भोल्टेजको तारसँग ठोकियो, ६ जनाको घटनास्थलमै मृत्यु

धनुषा- धनुषाको सबैला भन्ने ठाउँमा जन्ती चढेको बसमा करेन्ट लागेर ६ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौलीबाट धनुषा जन्ती लिएर आएको र पुनः दुधौलीतिर फर्कदै गर्दा ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस हाइ भोल्टेज लाइनसँग ठोकिँदा सो दुर्घटना भएको हो । बसमा सवार ६ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक मधु नेपालले लोकान्तरलाई दिएको जानकारी अनुसार जन्ती बोकेर आएको बसलाई ११ हजार भोल्टेजको तारले छोएको हो । अहिले प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्