२० असार २०८३, शनिबार

डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

माघ १२, २०७५
डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं-आमरण अनशनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्।

 शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेलगतै पत्रकार सम्मेलन गरेका डा। केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन्।

१७औं दिनदेखि अनशनरत डा केसीले आफूसँग भएको सहमति विपरीत विधेयक पास भएको भन्दै यस्तो काम जनतामाथि नै धोका भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। डा। केसीले अनशन फिर्ता लिएर विधेयक कार्यान्वयन गर्न सरकारले गरेको आग्रहलाई अस्वीकार गरेका छन् र आमरण अनशन कायमै राख्ने जानकारी दिएका छन्।

उनका सहयोगी जीवन क्षेत्रीले विज्ञप्ति पढ्दै सबै माग पूरा भएको भन्ने सरकार र सत्तारूढ दल नेकपाको दाबी खण्डन गरेका छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्