काठमाडौँ, २७ फागुन –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ उपत्यकामा न्यून देखिएको छ ।

सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो ।
भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन् ।