१९ असार २०८३, शुक्रबार

फिरौती बुझाएर दुई वर्षीया बालिका अपहरण मुक्त

माघ १२, २०७५
फिरौती बुझाएर दुई वर्षीया बालिका अपहरण मुक्त

जनकपुर — काठमाडौंको कोटेश्वरबाट शुक्रबार अपहरण गरिएकी दुई वर्षीया बालिकालाई मुक्त गर्न फिरौती मागिएको डेढ लाखसहित जनकपुरबाट एक महिला पक्राउ परेकी छन् । बालिका भने काठमाडौंबाटै सकुशल मुक्त भएकी छन् । 

जनकपुर घर भई काठमाडौं बस्दै आएका सन्तोष दत्तकी छोरी अनविज्ञाको अपहरण भएको थियो । अपहरणकारीले सन्तोषसँग फिरौतीबापत अढाई लाख रुपैयाँ मागेका थिए । पछि डेढ लाखमा सहमति भएको थियो ।

धनुषा प्रहरीका अनुसार फिरौती रकम लिएर घर फर्किंदै गरेकी जनकपुर–४ की अर्चना गुप्तालाई शुक्रबार अपराह्न नियन्त्रणमा लिइएको हो ।

प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनकपुर–४, पुरानो बस स्टेन्डनजिकको आईएमईबाट डेढ लाख नगद झिकेर फर्किंदै गरेकी गुप्तालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्