२६ असार २०८३, शुक्रबार

ट्रम्पले सीमा पर्खाललाई पैसा पाएनन्

ट्रम्पले सीमा पर्खाललाई पैसा पाएनन्

काठमाडौं– अमेरिकी इतिहासकै सबभन्दा लामो भनिएको सरकारी खर्चबन्दी हालका निम्ति अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन् । तर उनले माग्दै आएको मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने पैसा भने पाएका छैनन् ।

यसअघि राष्ट्रपति ट्रम्पले संसदले उनले सीमा पर्खालका लागि चाहेको पौने ६ अर्ब डलर बजेट नदिएसम्म सरकारी खर्चबन्दी जारी राख्ने चेतावनी दिएका थिए । तर दुवै पार्टीका नेताहरूको छलफलपछि सिनेटले एकमतले सरकारी निकायहरूलाई तीन सातासम्म कोष उपलब्ध गराउने कानुन पारित र्गयो । सीमा सुरक्षाबारे भने कुराकानी जारी रहने बताइएको छ।

उक्त कानुनलाई राष्ट्रपतिलाई हस्ताक्षरका निम्ति पठाइने बताइएको छ । गएको ३५ दिनदेखि आठ लाख संघीय कर्मचारीहरूले विना तलब काम गरिरहेका छन् । पछिल्लो सहमति अनुसार आगामी तीन सातासम्म संघीय निकायहरूलाई कोष उपलब्ध हुनेछ ।

अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन कुनै कोष छुट्ट्याइएको छैन । अवैध आप्रवासीलाई रोक्न उक्त पर्खाल आवश्यक भएको ट्रम्पले भन्दै आएका छन् । 
शुक्रवार सिनेट र प्रतिनिधिसभाले खर्चबन्दीलाई अस्थायी अन्त्य गर्ने विधेयक एकमतले पारित गरेका हुन् । आम जनमतहरूले अधिकांश अमेरिकीले खर्चबन्दीका लागि ट्रम्पलाई दोषी मानेको देखाएका थिए । त्यसैले पछिल्लो सहमतिका लागि ट्रम्प राजी भएको हुनसक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्