१३ असार २०८३, शनिबार

धनुषा अपडेट : बसमा करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको सनाखत

धनुषा अपडेट : बसमा करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको सनाखत

धनुषा– धनुषाको सबैला नगरपालिकामा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो । 

करेन्ट लागेर मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षिय बालक आक्रोस कुमर, २० वर्षिय पूजा अधिकारी, १७ वर्षिया लीला अधिकारी रहेका छन् । यसैगरी, धनुषा सबैला नगरपालिका ४ की केशमदेवी कुमार, अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै गम्भीर घाइते दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवारलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनामा जलेर घाईते भएकामध्ये केहीको अवस्था अझै पनि गम्भीर छ । घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । घाइते १० जनामा तीन बालबालिका, पाँच जना पुरुष र दुई महिला रहेका छन्।  

सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारीका छोरा रामवरणको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो । विवाह भएका बेहुला र बेहुली अर्कै गाडीमा रहेकाले उनीहरू सकुशल रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्