२८ असार २०८३, आइतबार

बाराका सीडीओ र सशस्त्रका एसपी सवार गाडी दुर्घटनाग्रस्त, एसपीको मृत्यु

बाराका सीडीओ र सशस्त्रका एसपी सवार गाडी दुर्घटनाग्रस्त, एसपीको मृत्यु

काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सशस्त्र प्रहरीका एसपी सवार गाडी शनिबार साँझ दुर्घटनामा परेको छ । 
 बा१झ १६३३ नम्बरको सो गाडी दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ।  मृतक पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत हुन् । 
दुर्घटनामा बाराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् । उनलाई नारायणी उपेक्षीय अस्पताल वीरगन्जमा उपचारका लागि पठाइएको छ ।   

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । उनीहरु एक पिकनिक कार्यक्रममा सहभागि भएर फर्कँदै थिए । 

salt training

कमेन्ट गर्नुहोस्