०५ असार २०८३, शुक्रबार

दुर्घटनामा गम्भीर घाइते सीडीओलाई काठमाडौं ल्याइँदै

दुर्घटनामा गम्भीर घाइते सीडीओलाई काठमाडौं ल्याइँदै

काठमाडौं– दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश भट्टराईलाई थप उपचराका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । 

शनिबार  ना१झ १६३३ नम्बरको गाडी दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका छन् । उनलाई वीरगन्जमा उपचार सम्भव नहुने देखिएपछि काठमाडौं ल्याउन लागिएको हो । 

दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ।  मृतक पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत हुन् । 

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । उनीहरु एक पिकनिक कार्यक्रममा सहभागि भएर फर्कँदै थिए ।

दुर्घटनामा अरु दुई जना पनि घाइते भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्