२९ जेठ २०८३, शुक्रबार

अनुगमनले होइन, उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

कात्तिक २०, २०७४
अनुगमनले होइन, उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

ललितपुर, ११ मङ्सिर – उपभोक्ताको अधिकारमा कार्यरत सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले उपभोक्ता सजग हुँदामात्र गुणस्तरीय वस्तु खरिद र बिक्री हुने बताएका छन् ।

आपूर्ति मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले अनुगमनमा मात्रै नभई उपभोक्तालाई सजग गराउन ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले उपभोक्ताका अधिकार र बनेका कानुनी व्यवस्थाका विषयमा उपभोक्तालाई जानकारी नै नभएको बताए । उनले भने – “साधारण जनतालाई मात्रै होइन बुद्धिजीवीलाई समेत यससम्बन्धी ज्ञान छैन ।” अनुगमनका क्रममा गल्ती पाइएमा स्थलमै कारबाही गर्ने विषयमा छलफल थाल्नुपर्ने उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनुगमन गर्ने अधिकारीलाई नै धेरै जानकारी नभएको बताए ।

आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव सूर्यप्रसाद श्रेष्ठले सबै सरोकारवाला निकाय लाग्दामात्रै बजारमा खाद्यान्न गुणस्तरीय हुन सक्ने बताए ।

कन्जुमर राइट संस्थाकी अध्यक्ष विमला खनालले अहिले २० जिल्लामा मात्रै बजार संरक्षण अधिकृत भएकामा सबै जिल्लामा व्यवस्था गर्नुपर्ने बताए । शुक्रबार सुरु भएको गोष्ठी आज सकिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्