३१ असार २०८३, बुधबार

अमेरिकामा गोली हानी बाबुआमासहित तीन छिमेकीको हत्या

अमेरिकामा गोली हानी बाबुआमासहित तीन छिमेकीको हत्या

काठमाडौं– अमेरिकाको लुजियानामा बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएर पाँचजनाको हत्या गरेको प्रहरीले जनाएको छ।

गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको मृत्यु भएको हो । गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले जनाएको छ । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि गोली प्रहार गरेका हुन् ।

आमाबाबुको उपचारको क्रममा निधन भएको प्रहरीको भनाइ छ । त्यसअघि उनले छिमेकका तीनजनाको गोली हानी हत्या गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्