१६ असार २०८३, मंगलबार

बिहेकै दिन बेहुलीलाई कुराएर बेहुला फूटबल खेल्न गएपछि ...

बिहेकै दिन बेहुलीलाई कुराएर बेहुला फूटबल खेल्न गएपछि ...
फोटो : दैनिक भास्कर

भारतको केरला मल्लामपुरमका एक खेलाडी आफ्नो विवाहकै दिन विवाहलाई केही सयम पछाडि सारेर फूटबल खेल्न गएको विषयले सोशल मिडियामा निकै चर्चा पाइरहेको छ ।

केरलाका फूटबलर रिदवानले आफ्नो टीमप्रति समर्पण देखाउँदै बेहुलीलाई केही समय प्रतिक्षा गराएका हुन् । रिदवान केरलास्थित फिफा मेञ्जेरी टीमका लागि खेल्छन् ।

केरलाका खेल राज्यमन्त्री राज्यवर्द्धन राठौडले पनि ट्वीटरमा रिदवानको खेलप्रतिको जुनूनको तारिफ गरेका छन् ।

राठौडले ट्वीटरमा लेखेका छन्, 'रिदवानले विवाहको दिन फूटबल खेल्नका लागि आफ्नी बेहुलीसँग ५ मिनेटको समय मागे । क्या जुनून छ । म उसलाई भेट्न चाहन्छु । ५ मिनेट अरू खेलौं इण्डिया ।'

बेहुलीसँग ५ मिनेटका लागि भनेर समय मागेका रिदवान आफ्नो टोलीलाई खेल जिताएरै फर्किएका थिए ।

डिफेन्डरको भूमिकामा खेल्ने उनी महत्त्वपूर्ण खेलमा आफ्नो टीमलाई अप्ठ्यारोमा पार्न चाहँदैन थिए ।

विवाह छाडेर खेल्न जाने रिदवानको कदमप्रति उनकी पत्नी खुशी छैनन् । खेलसम्बन्धी वेबसाइट टक स्पोर्ट्सलाई दिएको अन्तर्वार्तामा उनले प्रतिप्रश्न गरेकी छन्, 'के खेल दिउँसोमा भएको भए विवाह नै क्यान्सिल गर्ने ?'

salt training

कमेन्ट गर्नुहोस्