
काठमाडौं- शोभित बस्नेतको निर्देशन रहने चलचित्र ‘बद्री बहादुर’को छायाँकन शुरु गरिएको छ ।
राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो । त्यसलगत्तै चलचित्र यूनिट छायाँकनका लागि लमजुङ पुगेको छ ।
केहि दिनको लमजुङ छायांकनपछि काठमाडौं, धरान र संखुवासभामा चलचित्रको छायाँकन गरिने जनाईएको छ । चलचित्रमा रवि अधिकारीको लगानी रहनेछ् ।
ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रको कार्यकारी निर्मातामा मिथुन भोटे रहेका छन् ।
कमेडी जनरामा बन्न लागेको ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ, जय किशन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ, मंगल भोटे लगायतको अभिनय रहनेछ । राजिवजंग बस्नेत र एलिना गुरुङ यसै चलचित्रमार्फत डेब्यू गर्दैछन् । चलचित्रमा नायिका पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहने छ ।
चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिव बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ ।
विनोद सापकोटाले छायाँकन गर्ने ‘बद्री बहादुर’लाई समिर मियाले सम्पादन गर्नेछन् ।
चलचित्र आउँदो तीजमा छेको पारेर प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ ।