×

X
Nic Asia
Dabur
Khukuri

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शिक्षा मन्त्रालयमा तान्न आयोगको सुझाव, स्वास्थ्यको असन्तुष्टि !

काठमाडाैं | माघ १३, २०७५

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं – उच्चस्तरीय शिक्षा आयोगले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको छ । 

LAxmi BAnk
nabil BANK inside

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनको परिच्छेद ६ मा उच्च शिक्षाभित्र रहेको चिकित्सा शिक्षाको विषयमा दिएको सुझावमा स्वास्थ्य सम्बन्धी प्रतिष्ठानहरू स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेपनि दुई मन्त्रालयबीच समन्वय नभएको भन्दै सबैलाई शिक्षा मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘हाल विश्वविद्यालय मातहतमा रहेका सार्वजनिक तथा निजी मेडिकल कलेजहरू सञ्चालनमा रहेको विश्वविद्यालयको सम्पर्क मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको र स्वास्थ्यसम्बन्धी प्रतिष्ठानहरू स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको तर दुवै मन्त्रालयबीच समन्वयको अभाव देखिएकाले सबैलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा राखिनु उपयुक्त हुने ।’

हाल स्वास्थ्य मन्त्रालय मातहतमा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् भने स्वास्थ्य मन्त्रालयले नयाँ प्रतिष्ठान स्थापनाको गृहकार्य समेत गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रतिष्ठान बनाउने तयारी गरिरहेका बेला आयोगले भने स्वास्थ्य मन्त्रालय मातहतमा रहेका प्रतिष्ठानलाई शिक्षा मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको हो ।  


Advertisment
Saurya island

यी हुन् स्वास्थ्य मन्त्रालय मातहतका प्रतिष्ठान :

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान 

Vianet communication
IME BANK INNEWS

नयाँ प्रतिष्ठान 

आरआरपी सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सप्तरी

आयोगले गल्ती गर्‍यो : स्वास्थ्य राज्यमन्त्री यादव

स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रतिष्ठानलाई शिक्षा मन्त्रालयमा लाने आयोगको प्रस्तावप्रति स्वास्थ्य मन्त्रालयले भने आपत्ति जनाएको छ । 

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वास्थ्य शिक्षा स्वास्थ्य मन्त्रालयको विषय भएपनि आयोगले स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाए । उनले  स्वास्थ्य मन्त्रालय मातहतका प्रतिष्ठान शिक्षा मन्त्रालय मातहतमा लाने विषयमा आधिकारिक जानकारी समेत नपाएको बताए ।

‘मलाई यस विषयमा जानकारी पनि थिएन, तपाईंले भनेर जानकारी पाएँ, आयोगले थप गल्ती गर्दैछ । ठूला अस्पतालहरूमा स्वास्थ्य शिक्षाको ठूलो सम्भावना छ, त्यसैले ठूला अस्पताललाई प्रतिष्ठानको रूपमा विस्तार गर्ने योजना बनाइरहेका छौं,’ स्वास्थ्यराज्य मन्त्री यादवले भने, ‘स्वास्थ्य शिक्षा शिक्षा मन्त्रालयअन्तर्गत हुने नै होइन, स्वास्थ्यका प्रतिष्ठान शिक्षा मन्त्रालयमा जानै सक्दैन, यदि लगियो भने यसले ठूलो समस्या निम्त्याउँछ ।’

स्वास्थ्य राज्यमन्त्री यादवले यसअघि स्वास्थ्य मन्त्रालयमा रहेको चिकित्सा शिक्षा विधेयकको अधिकार शिक्षा मन्त्रालयमा लैजाँदा विभिन्न समस्या उत्पन्न भएको भन्दै स्वास्थ्यका प्रतिष्ठान शिक्षा मन्त्रालयलाई दिने निर्णय गर्नु आयोगको गल्ती भएको बताए ।

उनले भने, ‘हामीले प्रदेशका अस्पतालहरु प्रदेशलाई अधिकार सहित दिइसकेका छौं, तर शिक्षा मन्त्रालयले आफ्नै समस्याहरु त समाधान गर्न सकेको छैन, हाम्रो मातहतमा रहेका प्रतिष्ठान कसरी सञ्चालन गर्न सक्छ ।’
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा ३ करोड रुपैयाँ लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भरसँगै निर्यात गर्ने अवस्थामा पुगेक...

मंसिर २१, २०७९

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थाबीच सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वा...

मंसिर २०, २०७९

मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयले आउने माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सेवा सञ्चालन गर्ने बताएको छ । हाल आंशिक मेडिकल कलेज सञ्चालन गर्दैआएको विश्वविद्यालयले पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्न लागेको जनाएको छ ...

मंसिर १९, २०७९

ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरह...

मंसिर १९, २०७९

प्युठान नगरपालिका ६ माझकोट गुरुङ गाउँका २५ जनाभन्दा वढी गाउँलेहरु अचानक विरामी भएका छन् । सबै बिरामीहरुलाई उपचारका लागि प्यूठान अस्पताल भर्ना गरिएको छ । प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माका अनुसार गा...

मंसिर २०, २०७९

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x