१२ असार २०८३, शुक्रबार

चावहिल–साँखु सडकका कारण शाली नदी पुग्ने तीर्थयात्रीलाई सास्ती

चावहिल–साँखु सडकका कारण शाली नदी पुग्ने तीर्थयात्रीलाई सास्ती
फाइल फोटो

साँखु –निर्माणाधीन चावहिल–साँखु सडकखण्डमा हिलो र चिप्लोका कारण विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीलाई समस्या भएको छ ।

शङ्खरापुर नगरपालिकाको साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शालिनदी मेलामा आउने भक्तजनले सडकका कारण सास्ती भोग्नु परेको हो । सडकमा ठूला खाल्डा, हिलो र चिप्लो भएकाले चावहिलबाट साँखु जाने गाडी फस्ने गरेका छन् भने मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेका तीर्थयात्री जयराम खतिवडाले बताए ।

गाडी फस्ने हुँदा सवारी आवागमन समस्या भएको छ । लामो सवारी जामपर्ने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको छ । मेला हेर्न आउने भक्तजन गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा हिलाम्मे सडकमा पैदल मन्दिर जान बाध्य छन् । चावहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिक मार्ग नभएकाले सोही बाटो हुँदै जानुपर्ने बाध्यात्मक अवस्था रहेको मेला हेर्न आएका रुपेश बताए ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाई ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सो सडकको विस्तार गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्