३० जेठ २०८३, शनिबार

यी महिलालाई लाग्यो अनौठो रोग, पुरुषको आवाजै सुन्दिनन्

यी महिलालाई लाग्यो अनौठो रोग, पुरुषको आवाजै सुन्दिनन्

काठमाडौं —  चीनमा एक महिलालाई अनौठो रोग लागेको छ । कानसम्बन्धी दुर्लभ रोग उनलाई लागेको हो । 

रोगका कारण उनी महिलाको मात्र आवाज सुन्छिन् । पुरुषको आवाज पटक्कै सुन्दिनन् । 

महिलाको नाम चेन हो । केही दिनअघि चेनले राति सुतेर बिहान उठेपछि प्रेमीको आवाज सुन्नै सकिनन् । त्यसपछि उनी तुरुन्तै अस्पताल गइन् । चिकित्सकहरू चेनमा देखिएको लक्षण देखेर छक्क परे । 

चिकित्सक लिन शियोक्विङले चेनको रोगको गहनताका साथ जाँच गरिन् । चेनले रिभर्स स्लोप हीयरिङ लस जस्तो रोग लागेको चिकित्सकले पाइन् । चेन चर्को आवाज मात्र सुन्छिन् । 

लिनले भनिन्, ‘मैले उनीसँग कुरा गर्दा उनले मलाई सुन्थिन् । तर त्यहाँ रहेका एक पुरुषको आवाज उनले सुनिनन् । महिलाको आवाजको फ्रिक्वेन्सी पुरुषको भन्दा बढी हुन्छ । त्यसैले गर्दा चेनले पुरुषको आवाज सुन्न नसकेकी हुन् ।’

काम कम सुन्ने वा नसुन्ने समस्याबाट ग्रस्त प्रत्येक १३ हजार रोगीमा एकजनालाई यस्तो दुर्लभ रोग लाग्छ । चिकित्सकका अनुसार, तनाव र कम निद्राका कारण चेनलाई यो रोग लाग्छ । 

यो रोग आनुवंशिक पनि हुन सक्छ । ईएनटी स्पेसलिस्ट लिन शियोक्विङका अनुसार, चेनलाई उपचारको आवश्यकता छ र उपचारपछि उनी छिट्टै ठीक हुनेछिन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्