०३ साउन २०८३, आइतबार

सुर्खेतमा तरुण दलको विरोधसभा, सडकबाटै सरकार फाल्ने चेतावनी

माघ १३, २०७५
सुर्खेतमा तरुण दलको विरोधसभा, सडकबाटै सरकार फाल्ने चेतावनी

सुर्खेत – प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन् ।

वीरेन्द्रनगरमा नेपाल तरुण दलद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले जनवर्गीय संगठन तथा पार्टीको सर्मथन भएको खण्डमा आफूहरू सडकबाटै सरकार फाल्न सक्ने बताए ।

‘सरकारले हाम्रा नेताहरूको इतिहास मेट्न लागेको छ,’ उनले भने, ‘नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार छन् ।’

सुशील कोइरालाले बनाएको संविधानका धारा च्यातिन लागेको उनको आरोप छ । ‘अहिले सुशील कोइरालाले बनाएको संविधानको कम्युनिस्टहरूले धारा च्यातिरहेका छन्,’ उनले भने, ‘यसरी संविधानविरुद्ध जाने नै हो भने तरुण दल शीरमा कफन बाँधेर भएपनि आन्दोलनमा होमिन्छ । कम्युनिस्टसँगको यो अन्तिम लडाइँ पनि हो ।’

उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार र महंगी मात्रै दिएको आरोप लगाए । ‘कम्युनिस्ट सरकारले अहिलेसम्म के दियो ?’ उनले भने, ‘दिएको छ त महंगी अनि भ्रष्टाचार ! त्यसविरुद्ध सबै तरुण जाग्नुपर्छ ।’

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । ‘केन्द्रका साथीहरू ढुक्क हुनुस् । हामी सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्न र साथ दिन तयार छौं,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि बलिदान दिन पनि तयार छौं ।’

salt training

कमेन्ट गर्नुहोस्