२८ जेठ २०८३, बिहीबार

डाभोस सम्मेलन र स्वीट्जरल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

डाभोस सम्मेलन र स्वीट्जरल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँग आपसी हित तथा अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी गराएका थिए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा सहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्