०३ असार २०८३, बुधबार

जिपको ठक्करबाट घाइते ज्योतिलाई हेलिकप्टरबाट काठमाडौं लगियो

जिपको ठक्करबाट घाइते ज्योतिलाई हेलिकप्टरबाट काठमाडौं लगियो
प्रतिकात्मक तस्वीर

गलकोट – बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौं लगिएको छ ।

आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन् ।

घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्