०५ असार २०८३, शुक्रबार

निर्मला पन्त प्रकरणमा डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन

माघ १४, २०७५
निर्मला पन्त प्रकरणमा डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन

काठमाडौं– मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरूमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा चारवटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरूबाट लापरबाही गरिएको आयोगले जनाएको छ ।

‘प्राप्त डीएनएको अटोसोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै वाइएसटीआर प्रविधिबाट मात्र परीक्षण गरिएकाले यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरूलाई छानबिन दायरामा ल्याउनू’ , आयोगले भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्