२७ असार २०८३, शनिबार

स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दूतमा  धुर्मुस र सुन्तली

स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दूतमा  धुर्मुस र सुन्तली

विराटनगर– प्रदेश १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवर्वद्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीलाई एक बर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार आयोजित समारोहमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र सीताराम कट्टेल (धुर्मुस)ले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एक बर्षका लागि धुर्मुस र सुन्तलीले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना प्रर्वद्धनका लागि सचेतना अभियान सञ्चालन गर्नेछन् । 

सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँचवटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् । मुख्यमन्त्री शेरधन राईले २ जना पात्रको सहयोगमा प्रदेशमा स्वास्थ्य प्रवर्द्धनको काम शुरु भएसँगै रोगको सङ्क्रमण तथा सरसफाईको बारेमा सबै तह र तप्कासम्म सन्देश पुग्ने बताए । 

उनले यो अभियान तल्लो तहसम्म पुग्नेमा आफू विश्वस्त रहेको सुनाए ।  सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको प्राथमिकतामा परेको स्वास्थ्थ अभियानलाई सार्ठ्ठक बनाउनको लागि धुर्मुस सुन्तलीसँग सम्झौता गरेर काम थालिएको बताए ।

सम्झौता पछि कार्यक्रममा बोल्दै सीताराम कट्टेल (धुर्मुस)ले सरकारलाई सहयोगीको रुपमा काम गर्दै आएकोमा आगामी दिनमा पनि अहोरात्र खटिएर प्रदेश सरकारसँग भएको सम्झौताको ११० प्रतिशत काम पूरा गरेर देखाउने प्रतिवद्धता जनाए । 
 

salt training

कमेन्ट गर्नुहोस्