
काठमाडौं–सुदर्शन थापाको निर्देशनमा सांगितिक लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण हुने भएको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्रमा नायिका पूजा शर्माले दुई नायक आकाश श्रेष्ठ र सोनम तोप्देनसंग रोमान्स गर्नेछिन् । सोनमल यसै चलचित्रमार्फत रजतपटमा डेब्यू गर्दैछन् । चलचित्रमा यी तिन कलाकारका साथमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको शीर्ष भूमिका रहनेछ ।
पूजा र आकाशले यसअघि ‘रामकहानी’ मा जोडी बाँधेका थिए ।
चलचित्रको निर्माता अमित बस्नेत हुन् । फेब्रुवरी ९ बाट छायांकन गरिने यो चलचित्र बेलायत र नेपालका विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।