१७ असार २०८३, बुधबार

राष्ट्रिय सभामा दोहोरियो प्रतिनिधि सभाको दृश्य, कांग्रेसको विरोधबीच विधेयक पेश

राष्ट्रिय सभामा दोहोरियो प्रतिनिधि सभाको दृश्य, कांग्रेसको विरोधबीच विधेयक पेश

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

१५ मिनेटका लागि स्थगित गरिएपछि बसेको दोस्रो बैठक शुरू हुनासाथ कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए । 

कांग्रेस सांसदको विरोधका वाबजुद सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयक टेबुल गर्न सचिवलाई अनुमति दिए । त्यसपछि कांग्रेस सांसदहरू नारावाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

उनीहरूले संसदीय सर्वोच्चता कायम गर, बलजफ्ती बन्द गर लगायतका नाराबाजी गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

प्रतिपक्षी दलको विरोधबीच विधेयक टेबुल भएको छ । कांग्रसको विरोधबीच प्रतिनिधि सभाको शुक्रवारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्