
विराटनगर -मोरङको सुन्दर हरैंचा नगरपालिका– ९ सिसौघारीमा टिप्परको ठक्करबाट ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भयो ।
बालिकाको मृत्युपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरे । स्थिति तनावपूर्ण बन्दा प्रशासनले उक्त क्षेत्रमा निषेधाज्ञा नै जारी गर्यो ।
विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा बालिका ढकालको ज्यान गएको हो ।
आक्रोशित स्थानीयले आगजनीसहित करीब आधादर्जन टिप्पर तोडफोड समेत गरे।



फोटो : रासस