०४ असार २०८३, बिहीबार

पूर्व युवराज पारस शाहको स्वास्थ्यस्थिति सामान्य, इमर्जेन्सीबाट वार्डमा सारियो

पूर्व युवराज पारस शाहको स्वास्थ्यस्थिति सामान्य, इमर्जेन्सीबाट वार्डमा सारियो

काठमाडौँ -हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व युवराज पारश शाहको स्वास्थ्य स्थिति सामान्य रहेको छ । डाक्टर यादव भट्टका अनुसार शाहलाई इमर्जेन्सीबाट वार्डमा सारिएको छ ।

'वहाँको स्वास्थ्यस्थितिको बारेमा चिन्ता गर्नुपर्दैन, इमर्जेन्सीबाट वार्डमा सारिएको छ,' भट्टले भने, 'सम्भवतः आजै डिस्चार्ज हुनुहुनेछ ।'

ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको थियो ।

नर्भिकको आईसीयूमा भर्ना भएका शाहको मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्