
पोखरा -ज्यान मार्ने उद्योगसम्बन्धि पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन नपाएका स्वतन्त्र प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले सोमबार गण्डकी प्रदेश सभाको सपथ लिएका छन् । मनाङेले गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीबाट सपथ लिएका हुन् ।
मनाङे मनाङको प्रदेशसभा ख बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए । स्वतन्त्र भनिएतापनि उनलाई वामगठबन्धनको समर्थन थियो । थुनामा रहेका मनाङेलाई पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । छुटेलगत्तै उनले सपथका लागि निवेदन दिएका थिए ।