
नुवाकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताएका छन् ।
खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उनले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गरे ।
देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको उल्लेख गर्दै उनले प्रतिपक्षको भूमिका हिंसात्मक आन्दोलनको नभई रचानात्मक भूमिकाको खाँचो रहेको बताए ।
उनले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित लगायतले आ–आफ्ना धारणा राखेका थिए ।