१० असार २०८३, बुधबार

स्मार्ट लाइसेन्सको समस्या भयावह, ३ लाख सेवाग्राहीले पाएनन्

स्मार्ट लाइसेन्सको समस्या भयावह, ३ लाख सेवाग्राहीले पाएनन्

काठमाडौँ– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ लाइसेन्स पाएका छैनन् । 

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको सङ्ख्या बढिरहेको कार्यालयले जनाएको छ । 

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म छ लाख ८० हजारले अनुमतिपत्रका लागि आवेदन दिएका छन् । 

ती मध्ये अहिले चार लाख १० हजारसम्मको मात्रै  वितरण भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्