०८ साउन २०८३, शुक्रबार

एटीएम तोडफोड गर्ने पक्राउ, मोटरसाइकल चोर पनि समातिए

एटीएम तोडफोड गर्ने पक्राउ, मोटरसाइकल चोर पनि समातिए

 बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । 

कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा गएराति जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २९ वर्षीय कृष्णबहादुर खत्री र सोही नगरपालिकाको वडा नं। १३ बस्ने २४ वर्षीय अनिल विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । 

गत शनिबार बैंकको एटीएम मेशिन तोडफोड गरेर फरार रहेकामा विशेष सूचनाको आधारमा कोहलपुर नगरपालिका–११ बसपार्कबाट आइतबार राति नियन्त्रणमा लिएको हो । अभियुक्तका साथबाट हथौडा, चक्कुसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो । 
यता  जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चोरीको मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । 

बीपी राजमार्गको सिन्धुली सडक खण्डअन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा आज चोरीको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको हो । जाँचमा शङ्का लागेपछि सवारी दर्ता प्रमाणपत्र अनुसार मोटरसाइकलको नम्बर प्लेट नभएपछि तीनपाटन गाउँपालिका–२ भीमस्थानका १९ वर्षीय रोशन सुनुवारलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिनुभयो । 

बा९३प ८५१७ नम्बरलाई परिवर्तन गरी बा८७प ८९७४ नम्बर बनाई चलाएको अवस्थामा मोटरसाइकल पक्राउ गरिएको हो । नुवाकोटको थानापति गाउँपालिका–८ घर भएका केदार पाठकको नाममा रहेको २२० सीसीको पल्सर मोटरसाइकल २०७५ साउन २८ गते पशुपति क्षेत्रबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखा काठमाडौँमा उजुरी परेको थियो । पक्राउ परेका सुनुवारले साथीको मोटरसाइकल मागेर आफूले चलाएको बताएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्