२६ असार २०८३, शुक्रबार

पाहुना हाँस आएनन्, माछा जोगिए

पाहुना हाँस आएनन्, माछा जोगिए

हेटाैंडा– साइबेरियन हाँस बथानै आउँथे। पोखरीभित्र १० मिनेटसम्म बसेर माछा मार्थे। हेरालुले ढ्याङ्ग्रो ठोके रकराउँदा पनि पोखरीमा एकैचोटि डुबुल्की मारेर सिकार गर्थे। एक दशकदेखि पल्किएका हाँसका कारण माछा जोगाउनै कठिन भएपछि हेटौंडा उपहानगरपालिका–५ पिप्लेस्थित मत्स्य विकास केन्द्रका कर्मचारी हैरान थिए ।

यो वर्ष जाडामा भने ती हाँस आएनन्। अब चाहिँ माछा जोगिने भए भनेर केन्द्रका कर्मचारी ढुक्क छन्। कात्तिक मध्यतिर १०–१५ वटा साइबेरियन हाँस देखा परे। त्यसपछि हराए । माछा जोगाउन उनीहरूलाई धपाउने टन्टा भएन ।

‘अहिले त एउटा पनि छैन,’ केन्द्र प्रमुख सानोकाजी पछाईले भने, ‘यो समयमा २ सयभन्दा बढी साइबेरियन पानीहाँस पोखरी वरपरका रूख ढाकेर बस्थे। जाडो सुरु हुनेबित्तिकै तिनीहरूले पोखरीका माछा ठूलो परिमाणमा खाइदिन्थे।’ पाहुना हाँसले बर्सेनि ४ टनभन्दा बढी माछा खाएर क्षति पुर्याएको केन्द्रको भनाइ छ ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्