०६ असार २०८३, शनिबार

हुँदै नभएको गाडीका लागि तीन करोड कर्जा, पक्राउ गर्न डिफ्युजन नोटिस जारी

माघ १५, २०७५
हुँदै नभएको गाडीका लागि तीन करोड कर्जा, पक्राउ गर्न डिफ्युजन नोटिस जारी

काठमाडाैं-हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्नेे बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् । 

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ । 

गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगाना पोर्चुगल पुगिसकेको प्रहरीले बतायो । उनलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा उनको नाममा जारी भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्