२६ असार २०८३, शुक्रबार

कुचो बोकेर मुख्यमन्त्री राउत वीरगञ्जको सडकमा

कुचो बोकेर मुख्यमन्त्री राउत वीरगञ्जको सडकमा

वीरगञ्ज – प्रदेश नम्बर २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरू भएको छ । 

‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’ सहित शुरू भएको अभियानको थालनी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगञ्जको सडकमा कुचो लगाएर शुभारम्भ गरे ।

प्रदेश नम्बर २ का ८ वटै जिल्लामा सञ्चालन हुने सो अभियानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले यसअघि नै ‘बेटी पढाऊ, बेटी बचाऊ’ तथा ‘छोरी जीवन बीमा’ जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याइसकेको छ । 

सरसफाइमार्फत् स्वस्थ नागरिक उत्पादन गर्ने अभियानको उद्देश्य छ । प्रदेश सरकारले यसअघि ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान लोकप्रिय भएपछि अभियान पनि सफल हुने विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्