
काठमाडौं - पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
हृदयाघात भएर सोमवार नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका पारसले मंगलवार राप्रपा अध्यक्ष कमल थापासँगको भेटमा अहिले मलाई ठीकै छ भनेर भनेका छन् ।
थापालाई देख्नासाथ पारसले अंग्रेजीमा भने- 'नाउ आइ एम गूड !'
'हिजो अलि दुखाई थियोे, अहिले ठीक छु,' पारसले थापासँग भनेको उद्धृत गर्दै भेटमा सहभागी राप्रपा सह-महामन्त्री राजाराम बर्तौलाले भने ।
पारसलाई भेटेर फर्किने क्रममा थापाको पूर्व रानी कोमल शाहसँग ढोकामै जम्काभेट भएको थियो ।
सो अवसरमा थापाले राजपरिवारका अन्य सदस्यसँग पनि भलाकुसारी गरेका थिए ।
स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा राखिएको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरेका छन् ।